Deprecated: mysql_connect(): The mysql extension is deprecated and will be removed in the future: use mysqli or PDO instead in /home/nfianepal/public_html/classes/data.php on line 7
नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः तुलाधर

बैंकिङ खबर/ नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर चयन भएका छन् । शुक्रबार बसेको संघको २४ र २५ ‍औं वार्षिक साधारणसभाले तुलाधरलाई पुनः अध्यक्ष चयन गरेको हो ।

उम्मेदवारी दर्ताको समय सकिँदा अध्यक्ष पदमा तुलाधरको मात्र उम्मेदवारी परेकोले उनी स्वतः अध्यक्ष भएका हुन् । उनी गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्सको लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फा। लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोगे्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुरु थिङ्ग वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्वाचित भएका छन् ।